सातामा साढे २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Nov 23, 2024 06:43 AM Merolagani



यस साता नेप्से परिसूचक साढे २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७४८.७८ विन्दुमा बन्द भएको नेप्से, यस साता २.४९ प्रतिशत अर्थात ६८.३४ अंक घटेर २६८०.४४ विन्दुमा पुगेको छ।

यस साता बजार खुलेका ४ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो। यस साताको मंगलबार र बिहीबार नेप्से घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १३.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३४ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ९ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ३९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.५२ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या ०.३५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ०.८० प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २.४९ प्रतिशत अर्थात १ खर्ब ८ अर्ब रुपैयाँ घटेर ४२ खर्ब ६८ अर्ब झरेको छ।

१३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता म्युचुअल फण्ड र विकास बैंक उपसमूहको परिसूचक क्रमशः ०.३२ प्रतिशत र ०.१४ प्रतिशत बढेको छ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.११ प्रतिशत घटेको छ। गत साता ३७६१.७७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९२.३४ अंक घटेर ३५६९.४३ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४९६.३८ अंक घटेको छ।

यस साता महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १५.८१ प्रतिशत बढेको छ। त्यस्तै, यस साता अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे १३ प्रतिशत बढेको छ भने हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ। यस साता गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १९.८८ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता समृद्धि फाइनान्सको शेयरमूल्य १७.७० प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य १०.४० प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता लक्ष्मी उन्नती कोष, कर्पोरेट डेभलपमेन्ट बैंक, थ्रि स्टार हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने बोटलर्स नेपाल (तराई) सूर्यज्योति लाइफ इन्स्योरेन्स्, हिमालयन एभरेष्ट इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्यमा भारि गिरावट

Nov 25, 2024 10:42 AM

मंसिर १० गते, सोमबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट भएको छ । यस दिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ताेलामा ११५ रुपैयाँ घटेकाे छ ।