संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई पनि पछाडि पार्ने जेन्सेन हुवाङ को हुन् ?

Nov 24, 2024 02:25 PM Merolagani



दिग्गज व्यापारी र टेस्लाका सीईओ एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति भएपनि सन् २०२४मा आम्दानीका हिसाबले उनलाई पछाडि पार्ने अर्का व्यक्ति पनि छन् । सबैभन्दा बढी कमाउने यी व्यक्तिको नाम जेन्सेन हुआङ हो।

उनी एनभिडियाका मालिक हुन्। सरल शब्दहरूमा व्याख्या गर्दा, कम्प्युटरको लागि ग्राफिक कार्डहरू बनाउने कम्पनी हाे । साेहि कम्पनीका सीईओ जेन्सेन हुवाङ हुन्।

२०२४मा उच्च कमाई

फोर्ब्सका अनुसार हुवाङको वार्षिक आम्दानी २०२३ मा २१.१ बिलियन डलर रहेकाे थियाे । सन् २०२४मा उनकाे आम्दानी बढेर ७७ बिलियन डलर पुगेकाे छ। यो मस्कको वार्षिक १५ अर्ब डलरकाे आम्दानीभन्दा झण्डै चार गुणाले बढी हो। २०२३मा हुवाङको आम्दानी १८० बिलियन डलरबाट बढेर २०२४मा १९५ बिलियन डलरमा पुग्याे। सन् २०२४को आम्दानीपछि, हुवाङको कुल सम्पत्ति अब १२३.८ बिलियन डलर पुगेकाे छ। जसपश्चात्, उनी फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूचीमा नवौं नम्बरमा पुगे।

एनभिडियाको शेयर यस वर्षकै उच्च रेकर्डस्तरमा

एनभिडियाको शेयर यस वर्ष उच्च रेकर्डस्तरमा पुगेको छ। यो वृद्धिले हुवाङको सम्पत्तिमा ठूलो योगदान पुर्‍यायो। एनभिडियाको बजार पूँजीकरण करिब ३.५ ट्रिलियन डलर छ। याे वर्षको सुरुवातमा ७१३ मिलियन डलर बराबरकाे एनभिडियाकाे शेयर बिक्री गरेपछि हुवाङ कम्पनीको सबैभन्दा ठूलो शेयरधनी बनेका छन्। एनभिडियासँग एआई एक्सेलेटरहरूमा ८० प्रतिशत बजार साझेदारी छ जुन अमेजन, गुगल, मेटा, माइक्रोसफ्ट र टेस्ला जस्ता टेक दिग्गजहरूले प्रयोग गर्ने अत्याधुनिक एआई अनुप्रयोगहरूका लागि महत्वपूर्ण छ।

यसकारण लगातार बढिरहेको छ एनभिडियाको शेयरमूल्य

तर के कारणले एनभिडिया अगाडि बढ्दैछ? एनभिडियाको बजार पूँजीकरण यति उच्च हुनुको कारण के हो? यो बुझ्नका लागि कम्प्युटर बुझ्नै पर्छ। वास्तवमा, कम्प्यूटरमा एक सीपीयू अर्थात् सेन्ट्रल प्राेसेसिङ यूनिट हुन्छ। यसलाई कम्प्युटरको मस्तिष्क मानिन्छ। यसका लागि प्रोसेसर चाहिन्छ। प्रोसेसरहरू इन्टेल र एएमडी जस्ता कम्पनीहरूद्वारा निर्मित हुन्छन् । सीपीयू जस्तै, कम्प्युटरहरूमा अर्को धेरै विशेष चीज प्रयोग गरिन्छ जसलाई जीपीयू अर्थात् ग्राफिक्स प्रोसेसिंग युनिट भनिन्छ। तपाईंले आफ्नो स्क्रिनमा देख्ने तस्विर, ग्राफिक्स र भिडियोहरू आदिमा यो जीपीयूले ठूलो भूमिका खेल्छ भनेर बुझ्नुपर्छ तर यो जीपीयूको एक मात्र प्रयोग हाे। जीपीयूको वास्तविक शक्ति आर्टिफिसियल इंटिलिजेन्सको युगमा देखिएको छ।

च्याट जेपीटी र गूगल जेमिनी जस्ता उपकरणहरू सिर्जना गर्दा ठूलो संख्यामा जीपीयूकाे प्रयोग गरिन्छ र विश्वभर आर्टिफिसियल इंटिलिजेन्सको माग बढ्दै गएपछि जीपीयूको माग पनि बढ्दै गएको छ। एनभिडिया साेहि जीपीयू निर्माण गर्ने कम्पनी हो। यसरी, यो कम्पनी संसारकै दोस्रो सबैभन्दा मूल्यवान कम्पनी बन्यो।

जेन्सेन हुवाङ को हुन् ?

ताइवानमा जन्मेका जेन्सेन हुवाङ नौ वर्षको उमेरदेखि नै अमेरिकामा हुर्किएका थिए। उनले ओरेगन स्टेट युनिभर्सिटी र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए।  उनले इलेक्ट्रिकल इन्जिनियरिङमा विशेषज्ञता हासिल गरेका छन्। हुवाङले सन् १९९३ अप्रिल ५मा आफ्ना दुई सहकर्मीसँग मिलेर एनभिडियाको स्थापना गरेका थिए। उनको कम्पनीको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा छ। यो कम्पनीले भारतमा विगत २० वर्षदेखि काम गरिरहेको छ र अमेरिकामा यसका करिब तीन हजार कर्मचारीहरू छन्। विश्वव्यापी रूपमा प्रयोग गरिएका जीपीयूको करिब ८८ प्रतिशत एनभिडियाका हुन्। च्याटजीपीटी बनाउन १० हजार ग्राफिक चिपहरूकाे प्रयोग गरिन्छ र ती सबै एनभिडियाका हुन्।

एजेन्सीकाे सहयाेगमा।




comments powered by Disqus

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्यमा भारि गिरावट

Nov 25, 2024 10:42 AM

मंसिर १० गते, सोमबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट भएको छ । यस दिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ताेलामा ११५ रुपैयाँ घटेकाे छ ।