अघिल्लो कारोबार दिन अर्थात आइतबार १३.०३ अंक घटेर २६६७.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १४.८७ अंक बढेर २६८२.२८ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.५८ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ६० स्टकको १२४ पटकको कारोबारमा १ करोड ७४ लाख ४० हजार ५९४ रुपैयाँ ३० पैसाबराबरको १७ हजार ५१२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।