नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि बढ्यो

Nov 27, 2024 03:08 PM Merolagani



बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ३९.७० अंक बढेर २७५६.३६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ८८ हजार ९९९ पटकको कारोबारमा ९ अर्ब ३१ करोड २८ लाख ४४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १९६ रुपैयाँ घटेर १ हजार ७६४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३४ करोड १ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.२७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सामान्य घटेको हो।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।