नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

Jul 28, 2026 03:10 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ६ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४२ स्टकको ५५ हजार ५८० पटकको कारोबारमा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँबराबरको १ करोड ४ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

एभरेष्ट कलर लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११२ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, यस दिन लक्ष्मी उन्नती कोषको इकाई मूल्य ९ प्रतिशतभन्दा बढी बढेको हो। कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.०७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड १४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ भने बाँकी उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।