हायर २०२५–२०२७ का लागि अष्ट्रेलियन ओपनको आधिकारिक साझेदार घोषित

Dec 01, 2024 03:45 PM Merolagani



हायरले यो २०२५ देखि २०२७ सम्मको अष्ट्रेलियन ओपन र समर टेनिस कार्यक्रमहरूको आधिकारिक टिभी र उपकरण साझेदार हुने घोषणा गरेको छ। हालै मेलबर्नमा आयोजित घोषणा समारोहमा यो साझेदारीलाई औपचारिकता दिइएको हो । 

यसले खेलकुदप्रतिको हायरको विश्वव्यापी प्रतिबद्धता र जीवनशैली परिवर्तन गर्ने प्रयासलाई बलियो बनाएको कम्पनीले दाबी गरेकाे छ । आगामी तीन वर्षका लागि हायरले विश्वकै अग्रणी खेलकुद कार्यक्रमहरूमध्ये एक अष्ट्रेलियन ओपनसँग सहकार्य गर्दै आफ्नो अत्याधुनिक स्मार्ट होम इनोभेसनलाई प्रवर्द्धन गर्नेछ। यस साझेदारीले विश्वस्तरीय टेनिसको रोमाञ्चक अनुभवसँग घरायसी उपकरणहरू— भान्साका उपकरण, लुगा धुने मेसिन र हावापानी नियन्त्रण प्रणालीलाई प्रविधिसँग समाहित गरेर दर्शकहरूलाई थप रोमाञ्चक अनुभव प्रदान गर्ने उद्देश्य लिएको छ।

हायर ग्रुपका वरिष्ठ उपाध्यक्ष तथा हायर स्मार्ट होमका अध्यक्ष र सीईओ ली हुआगाङले यस साझेदारीबारे प्रतिक्रिया दिँदै भने,“अष्ट्रेलियन ओपनसँगको यो सहकार्यले हाम्रो विश्वव्यापीकरण प्रयासमा महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ। यसले खेलकुद र इनोभेसनप्रतिको हाम्रो प्रतिबद्धता प्रस्ट्याउँछ। चारवटा ग्रान्ड स्लाम प्रतियोगितामध्ये एक अष्ट्रेलियन ओपनले हायरको उपभोक्ताहरूलाई हायरको उद्देश्य सँग पूर्ण रुपमा आवद्ध गराई नवीनतम सोचको सिर्जना गर्न र अत्याधुनिक स्मार्ट होमका उपयोगिताहरु बुझाउन मद्दत गर्नेछ।"

टेनिस अष्ट्रेलियाका सीईओ क्रेग टाइलीले पनि आफ्नो उत्साह व्यक्त गर्दै भने, “हामी हायरलाई अष्ट्रेलियन ओपनको आधिकारिक साझेदारको रूपमा स्वागत गर्न पाउँदा खुशी छौँ। हायरको नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धता हाम्रो खेलकुद र कार्यक्रमहरूको मूल्य, मान्यताहरूसँग पूर्णरूपमा मेल खान्छ। यस सहकार्यले दर्शकको अनुभवलाई उचाइमा पुर्याउने मात्र होइन, अत्याधुनिक प्रविधिहरूको समावेशले टेनिसको उत्साहलाई थप रोमाञ्चक बनाउनेछ।”

हालका वर्षहरूमा हायरले “प्ले विथ नम्बर वान” नामक एक विश्वव्यापी पहल सुरु गरेको छ । यस पहललाई हायरको गुणस्तर र दिगोपनको उत्सवको भव्यतासँग जोड्न सकिने कम्पनीकाे भनाइ छ ।

"“प्ले विथ नम्बर वान” को भावना त्यही दृढता र उत्कृष्टताप्रतिको खोज हो जसले खेलाडीहरूलाई नयाँ इतिहास रच्न प्रेरित गर्नेछ। जस्तै, टेनिसका च्याम्पियनहरूले आफ्नो खेललाई उत्कृष्ट बनाउन अनगिन्ती घण्टा लगाउँछन्, हायरको उद्यमशील यात्राले पनि यस्तो नै प्रतिबद्धता झल्काउँछ। सानो फ्रिज कारखानाबाट सुरु गरी स्मार्ट होम प्रविधिमा अग्रणी स्थानसम्मको यात्राले यो उल्लेखनीय प्रगतिको कथा अडिग समर्पण र साहसी नवप्रवर्तनको शक्तिलाई झल्काउँछ र यो नै च्याम्पियनहरूको खेलकुद भावनासँग मेल खान्छ," कम्पनीले जारी गरेकाे विज्ञप्तीमा लेखिएकाे छ ।

अष्ट्रेलियन ओपनका क्रममा हायरले ब्रान्डको महत्वपुर्ण अनुभवहरू अनलाइन साथै खेलकूद स्थलमै प्रस्तुत गर्नेछ । यसका अतिरिक्त, हायरले अष्ट्रेलियाका स्थानीय टेनिस क्लबहरूको समर्थन गर्नेछ जसले टेनिस खेल्न मानिसहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको छ। यसबारे थप जानकारी छिट्टै घोषणा गरिने कम्पनीले जनाएकाे छ।

यो साझेदारीले हायरको विश्वव्यापी खेलकुद मार्केटिङ प्रवर्द्धनलाई थप बलियो बनाउँदै यसको प्रभावलाई विस्तार गर्नेछ र स्मार्ट होम सोलुसन्समा अग्रणी स्थानलाई अझै मजबुत बनाउने कम्पनीकाे भनाइ छ। "भविष्यतर्फ हेर्दै अनि नयाँ अन्तर्राष्ट्रिय साझेदारीहरू स्थापना गर्दै हायरले सरोकारवालाहरूसँगको सहकार्यमा स्मार्ट र उज्ज्वल भविष्य निर्माण गर्न निरन्तर अग्रसरता देखाउनेछ," कम्पनीले बताएकाे छ ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।