अघिल्लो कारोबार दिन अर्थात आइतबार ९.९९ अंक घटेर २७३८.०६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.२० अंक बढेर २७४९.२६ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.१९ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ७३ स्टकको १५४ पटकको कारोबारमा ८ करोड ७ लाख २२ हजार ३६३ रुपैयाँबराबरको ९२ हजार ९०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।