सोमबार बजार १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ । लामो अवधिसम्म यसै विन्दुमा रहँदै गर्दा समेत बजारले २७८० को विन्दु पार गर्न हम्मेहम्मे परेको लगानीकर्ताहरुको बुझाई छ ।
बैंक ब्याजदर घटेको छ भने बैंकिङ प्रणालीमा अधिक तरलता छ । उक्त तरलतालाई बजारमा आउने वातावरण बनाउनु पर्ने लगानीकर्ताको माग थियो । यद्यपि केन्द्रिय बैंकले मौद्रिक नीतिमा कुनै व्यवस्था परिमार्जन नगरी समीक्षा गर्दा लगानीकर्ताहरु सन्तुष्ट हुन सकेका छैनन् ।
जसले गर्दा बजारमा दीर्घकालीन लगानी भन्दा अल्पाकालीन लगानीमा लगानीकर्ताहरुले निरन्तरता दिएका छन् । यसाे हुँदा बजारमा कमजोर वित्तीय अवस्था भएका कम्पनीहरुको शेयर मूल्य बढेको छ । लामो समयसम्म आधारभूत रुपमा कमजोर कम्पनीको मूल्य आकासिँदा लगानीमा जोखिम बढ्न सक्ने देखिन्छ ।