‘एक्टिभा इलेक्ट्रीक’ स्टाइलिश लुककासाथ आयाे ,स्कुटरमा के छ अन्य सुविधा?

Dec 02, 2024 06:39 PM Merolagani



होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भारतीय बजारमा ल्याएको छ। कम्पनीले आफ्ना दुई नयाँ इलेक्ट्रिक स्कुटर ‘एक्टिभा ई’ र ‘क्यूसी१’ बजारमा ल्याएको हो ।

एक्टिभा इमा स्वाप गर्न मिल्ने ब्याट्री सेटअप प्रयोग गरिएको छ । क्यूसी१मा भने फिक्स्ड ब्याट्री सेटअप उपलब्ध रहेकाे छ।

होन्डाले एक्टिभा ईः कुल दुई भेरियन्टमा ल्याएको छ । हाल कम्पनीले यो स्कुटर मात्र प्रदर्शन गरेको छ र यससँग सम्बन्धित सबै जानकारी सार्वजनिक गरेको छ। हाेन्डाले आउँदाे वर्षकाे जनवरीमा यसको मूल्य घोषणा गर्नेछ । यस स्कुटरको आधिकारिक बुकिंग पनि सोही समयमा सुरु गरिनेछ।

कस्तो छ एक्टिभा इलेक्ट्रिक ?

होन्डा एक्टिभा इलेक्ट्रिकलाई पूर्ण रूपमा नयाँ लुक र डिजाइन दिइएको छ । यो पेट्रोल मोडल एक्टिभाको बडी र फ्रेममा आधारित भए पनि यसको लुक एकदमै फरक छ । यसमा नयाँ एप्रोन दिइएको छ जसले यसको स्टाइललाई पूर्ण रूपमा फरक बनाएकाे छ। याे स्कुटरकाे दुबै छेउमा टर्न इन्डिकेटरसहितको एलईडी हेडल्याम्प प्रदान गरिएको छ। कम्पनीले आफ्नो हेडमा एलईडी डे टाइम रनिङ लाइट (डीआरएल) दिएको छ । यसमा एउटा लामो सिटका साथ एउटा सानाे फ्लोरबोर्ड पाइन्छ। स्कुटरको पछाडिको भागमा टेल ल्याम्प युनिटमा "एक्टिभा ई:" ब्याजिङ दिइएको छ।

सिट मुनि, एक्टिभा इलेक्ट्रिकमा एक फेर्न योग्य (स्वापेबल) ब्याट्री सेटअप दिइएकाे छ। जसमा १.५ kWhकाे क्षमताका दुईवटा ब्याट्री उपलब्ध गराइएको छ । यस स्कुटरको इलेक्ट्रिक मोटरले अधिकतम पावर आउटपुट ४.२ किलोवाट ९५.६ बीएचपी दिन्छ। यो आउटपुट अधिकतम ६.० किलाेवाट (8 bhp) मा बढाउन सकिन्छ। यो स्कुटरले एक पटक चार्जमा १०२ किलोमिटरको रेन्ज दिन सक्ने कम्पनीको दाबी छ । यस स्कुटरमा स्ट्यान्डर्ड, स्पोर्ट र इकोन गरी तीनवटा राइडिङ मोड उपलब्ध छन् ।

होन्डा क्यूसी१:

कम्पनीले आउँदाे वर्षको गर्मीमा हाेन्डा क्यूसी १ इलेक्ट्रिक स्कुटर बिक्रीको लागि सार्वजनिक गर्नेछ। यसका लागि ग्राहकले केही समय भने कुर्नु पर्नेछ । लुक र डिजाइनको हिसाबले यो एक्टिभा इलेक्ट्रिकसँग मिल्दोजुल्दो छ। यसको एप्रोन र साइड प्यानल एक्टिभा ई जस्तै छ।तर,स्कुटरको हेडमा एलईडी डेटाइम रनिङ लाइट (डीआरएल) दिइएको छैन।

क्यूसी१ मा,कम्पनीले १.५ kWh क्षमताको एक निश्चित ब्याट्री प्याक दिएको छ। याे एक डेडिकेटेड चार्जरसंग आउँछ। जसलाई फ्लोरबोर्डमा जडान गरिएको सकेट मार्फत् स्कूटरमा जडान गर्न सकिन्छ। यसको ब्याट्री पावरले कम्प्याक्ट इन-व्हील मोटरलाई शक्ति दिन्छ । यसको पावर आउटपुट १.२ kW (1=6 bhp) र १.८ kW (2.4 bhp) छ। यो स्कुटरले एक पटक चार्ज गर्दा ८० किलोमिटरको रेन्ज दिन सक्ने कम्पनीको दाबी छ ।

यो इलेक्ट्रिक स्कुटरमा ५ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल छ । याे प्यानलले राइडरलाई महत्त्वपूर्ण जानकारी प्रदान गर्दछ। यसमा अण्डर सिट स्टोरेज, युएसबी टाइप–सी सकेट जस्ता सुविधाहरू उपलब्ध गराइएको छ ।

विश्व बजारमा यो होन्डाको क्रमशः १२औँ र १३औँ विद्युतीय गाडी हो ।

एजेन्सी ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।