अघिल्लो कारोबार दिन अर्थात सोमबार १९.९७ अंक बढेर २७५८.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १४.७० अंक बढेर २७७२.७४ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.०१ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ६४ स्टकको १४८ पटकको कारोबारमा ७६ लाख ७५ हजार ७६५ रुपैयाँबराबरको १३ हजार ६४८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४६ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।