ठूलो पोर्टफोलियो नेपालमा आउनसक्ने सम्भावना छः अर्थमन्त्री पाैडेल

Dec 09, 2024 02:41 PM Merolagani



उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूलो पोर्टफोलियो नेपालमा आउनसक्ने सम्भावना रहेकाे बताएका छन् । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भएकाे भेटवार्तापछि अर्थमन्त्री पाैडेलले यस्ताे बताएका हुन ।

सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका छन्।

अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एशियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । अर्थमन्त्री पौडेल र सहायक विदेशमन्त्री लुबीचको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्माले एमसिसी परियोजना र केही युएसएआईडीको माध्यमबाट नेपालमा सञ्चालित विभिन्न योजनाहरुलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताए । उनले अमेरिकी विकास वित्त संस्थाबाट नेपालमा निजी क्षेत्रमा शुरु भएको लगानीलाई कसरी बिस्तार गर्ने भन्नेबारेमा पनि दुई नेताबीच छलफल भएको बताए ।

 

उनले भने, ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग मान्य उपप्रधानमन्त्रीज्युको भेटवार्ता भयो । नेपाल र अमेरिकाबीचको सहयोग आदानप्रदानका विषयमा केन्द्रित भयो । अमेरिकी सहयोगबाट एमसिसी परियोजना र केही युएसएआईडीको माध्यमबाट विभिन्न योजनाहरु कार्यान्वयनमा रहेका छन् । ति कार्ययोजनाको सम्बन्धमा कसरी ति आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विचारहरु आदानप्रदान भयो । अमेरिकी विकास वित्त संस्थाबाट केही नेपालमा निजी क्षेत्रमा पनि लगानी शुरु भएको छ । त्यसलाई कसरी बढाउन सकिन्छ । ठूलो पोर्टफोलियो नेपालमा आउनसक्ने सम्भावना छ, अहिले केही मात्रामा हामीले शुरु गरेका छौँ । त्यसलाई बिस्तार कसरी गर्न सकिन्छ भन्नेबारेमा केही कुराहरु राख्नुभयो । त्यसमा हाम्रो तर्फबाट निजी क्षेत्रको लगानी प्रोत्साहित गर्ने बारेमा कुरा भएको छ ।’

उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराएका थिए ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।