नागरिक लगानी कोष र सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर लिलाम बिक्री गर्दै एनआईसी एशिया

Dec 11, 2024 09:30 AM Merolagani



एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

बैंकले नागरिक लगानी कोषमा ५० हजार कित्ता र सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि आज (मंसिर २६ गते) देखि पुस ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

नागरिक लगानी कोषको संस्थापक शेयरको न्यूनतम मूल्य ७६३ रुपैयाँ तोकिएको छ भने सूर्योदय वोमीको २७७ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता शेयर अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यी शेयरहरुको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर नेपाल, थापाथली काठमाडौँ र विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका तोकिएका जिल्ला कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।