लो क्याप छाडेर लगानीकर्ता फन्डामेन्टल तर्फ केन्द्रित भएका हुन ?

Dec 11, 2024 05:37 PM Merolagani



पछिल्ला केहि कारोबार दिनदेखि निरन्तर रुपमा घटेको बजारमा मंगलबार रौनकता देखिएको छ । आजको बजार ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको छ ।

मंगलबारको बजारमा बैंकिङ समूहको शेयर तर्फ लगानीकर्ताहरु आकर्षित हुँदा सूचकमा राम्रो वृद्धि भएको हो । आज बैंकिङ समूह ३.४३ प्रतिशतले बढेको छ । लो क्याप भएका कम्पनीमा मात्र लगानीकर्ताको रोजाईमा परेको समयमा आजबाट बैंक समूह पनि लगानीकर्ताले खोजी गर्न सुरु गरेका छन् । लो क्याप कम्पनीको मूल्य तुलनात्मक रुपमा बढी भइसकेको अवस्थामा आधारभूत रुपमा बलिया बैंकहरुको मूल्य कम भएको मौका लगानीकर्ताहरुले उठाएका हुन् ।

बजार २२ सयको विन्दुबाट ३ हजार तर्फ उन्मुख हुँदा पनि लगानीकर्ताहरु बैंक समूहको शेयर मूल्य वृद्धि भएको थियो । आजको वृद्धि पनि बजारलाई उचाई तर्फ लैजानको लागि राम्रो योगदान हुन सक्ने अनुमान छ । यद्यपि बैंकको शेयर बढ्दा भोलिपल्ट नै बिक्रीचाप बढ्ने समस्या पनि नेप्सेमा देखिने गरेको अनुभवी लगानीकर्ता बताउँछन्।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।