यस्तो बन्यो नेपाल बैंकको संचालक समिति

Dec 23, 2014 Hari Gajurel



नेपाल राष्ट्र बैंकले साधारणसभा गराई ब्यवस्थापन छाडे लगत्तै नेपाल बैंक(NBL)को नयाँ संचालक समिति अर्थ मन्त्रालयका सहसचिव मधुसुदन पोखरेलको अध्यक्षतामा  गठन गरिएको छ ।

 

साधारणसभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट दुई संचालक चुनिएकोमा अर्थ मन्त्रालयले अध्यक्षसहित तीन संचालक मनोनीत गरेको छ । नेपाल बैंकको नयाँ संचालक समिति अध्यक्ष अर्थका सहसचिव मधुसुदन पोखरेल, सदस्यहरु जनार्दन शर्मा आचार्य र डा. डम्बर बहादुर भण्डारी सरकारका तर्फबाट मनोनीत भएका छन् भने सर्वसाधारण शेयरधनीका तर्फबाट निश्चल प्रधान र सुरेन्द्रबहादुर सिंह छन् ।

 

सरकारी नियन्त्रणमा रहेको अबस्थामा खराब कर्जाले विघटनको संघारमा पुगेपछि २०५८ सालमा राष्ट्र बैंकले नियन्त्रणमा लिएर नेपाल बैंकमा सुधार प्रयास थालेको थियो । प्रा. डा. देबराज अधिकारीको नेतृत्वमा राष्ट्र बैंकले पठाएको ब्यवस्थापन समितिले बैंकलाई स्वस्थ बनाएर छाडेको हो । बैंकमा सरकारको ६२ र सर्वसाधारणको ३८ प्रतिशत स्वामित्व छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।