बिहीबार नेप्से परिसूचक ४.१९ अंक बढेर २६३०.७१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ६१ हजार ८३९ पटकको कारोबारमा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको २ करोड ९ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने प्रभु बैंकको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन ४ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५० करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जानकी फाइनान्सको २२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको १५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक करिब २ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत घटेको छ भने विकास बैंक उपसमूहको परिसूचक २.४८ प्रतिशत घटेको छ।