नेप्से र कारोबार रकम दुबै बढ्यो

Jan 06, 2025 03:13 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि सामान्य बढेको नेप्से, यस दिन भने करिब २ प्रतिशत बढेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक ४९.१२ अंक बढेर २६४०.६८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.६९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ८६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१२ स्टकको ७५ हजार ५४० पटकको कारोबारमा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँबराबरको १ करोड ५४ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ६१२ रुपैयाँ बढेर ६ हजार ७३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने साहस उर्जा र माया खोला हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन साहस उर्जा र पिपुल्स हाइड्रोपावर कम्पनीको साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने दोल्ती पावर कम्पनीको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, वित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।