प्रि ओपन सेसन अपडेटः साढे २३ अंक बढ्यो नेप्से

Jan 08, 2025 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.१६ अंक बढेर २६४६.८४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २३.६५ अंक बढेर २६७०.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.१० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १०१ स्टकको १९२ पटकको कारोबारमा १ करोड ३६ लाख ३३ हजार २४८ रुपैयाँ ७० पैसाबराबरको २२ हजार ४४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७१ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।