प्रि ओपन सेसन अपडेटः साढे २३ अंक बढ्यो नेप्से

Jan 08, 2025 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.१६ अंक बढेर २६४६.८४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २३.६५ अंक बढेर २६७०.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.१० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १०१ स्टकको १९२ पटकको कारोबारमा १ करोड ३६ लाख ३३ हजार २४८ रुपैयाँ ७० पैसाबराबरको २२ हजार ४४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७१ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।