निरन्तर छैठौँ कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

Jan 08, 2025 03:16 PM Merolagani



बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। नेप्से परिसूचक निरन्तर छैठौँ कारोबार दिन बढेर बन्द भएको हो। गत साताको बुधबारदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ६.३८ अंक बढेर २६५३.२३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ७२ हजार १२० पटकको कारोबारमा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्ते, यस दिन चिरख्वा हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन न्यादी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ३ लाख ४९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको साढे १७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सुपर मादी हाइड्रोपावरको १८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने लघुवित्त उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत घटेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।