यसका लागि कम्पनीले आफ्नो नयाँ लक्जरी श्रेणी एमजी सेलेक्ट पनि लञ्च गरेको छ। यस अन्तर्गत कम्पनीका सुपर लक्जरी कारहरू प्रस्तुत गरिनेछ। हालै, कम्पनीले यस श्रेणीमा देशको पहिलो इलेक्ट्रिक स्पोर्ट्स कार एमजी साइबरस्टर सार्वजनिक गर्ने घोषणा गरेको थियो। अब, कम्पनीले यस श्रेणीको दोस्रो कारको रूपमा MG M9 प्रस्तुत गर्न लागेको छ।
यी दुवै कारहरू जनवरी १७ देखि सुरु हुने इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा प्रस्तुत गरिनेछ। यी कारहरूको मूल्य पनि साेही समयमा घोषणा गरिने अनुमान गरिएको छ।
भारतीय संचारमाध्यमका अनुसार आफ्नो नयाँ अल्ट्रा लक्जरी एमजी एम९को टिजर सार्वजनिक गरेको छ। कम्पनीले नयाँ कारलाई प्रेसिडेन्सियल लिमोजिन भएको बताएकाे छ। जुन अत्याधुनिक सुविधाहरू सहितको अन्तरिक्षको एक अतुलनीय उदाहरण रहेकाे कम्पनीले जनाएकाे छ ।
यसअघि, पनि याे लक्जरी कार भारतमा प्रस्तुत भइसकेको छ। गत अटो एक्स्पो २०२३ मा, कम्पनीले यो कार भारतीय ग्राहकहरूलाई मिफा ९ (Mifa 9) एमपीभीको रूपमा प्रस्तुत गरेको थियो। साे समयमा, कम्पनीले यस कारको बारेमा यहाँका खरीदकर्ताहरूबाट प्रतिक्रिया लिन चाहेको थियो। तीन पङ्क्तिमा ७ सिट भएको यो लक्जरी एमपीभीको डेलिभरी मार्चदेखि सुरु हुने रिपोर्ट गरिएको छ।
लुक र डिजाइन
एमजीएम९मा विशिष्ट एमपीभी जस्तो बक्सी लुक दिइएकाे छ। तर, कम्पनीका अनुसार यसमा धेरै डिजाइन तत्वहरू पनि देखिन्छन् जसले यसलाई आफ्नै छुट्टै पहिचान दिएकाे छ। कारकाे अगाडिको भागकाे प्रत्येक कुनामा टर्न सिग्नलहरू सहितको पूर्ण-चौडाइको लाइट बार छ। यसैगरी, हेडल्याम्पहरू बम्परमा जडान गरिएका छन् र क्रोम आउटलाइनले घेरिएका छन् जुन चिनसँग राम्रोसँग मिसिएर अगाडि बढ्छ। लाइसेन्स प्लेट र सेन्सरहरू बम्परको तल रहेको नक्कली एयर ड्याममा राखिएका छन्। यसकाे पछाडि, यसमा धेरै क्रोम बिट्स र ठाडो टेल-लाइटहरू छन् जसले ड्रप-डाउन लुक दिन्छ। यी पनि एलइडी लाइट बार मार्फत् जोडिएका छन्।
कारकाे साइज
विशेष क्याबिन
एमजी एम९ (MG M9) को क्याबिन एकदमै आकर्षक रहेकाे कम्पनीले दाबी गरेकाे छ। यसको दोस्रो पङ्क्तिमा, कम्पनीले रिक्लाइनिङ अटोमन सिटहरू प्रदान गरेको छ । यी सिटहरूमा ८ विभिन्न प्रकारका मसाज फंक्सनहरू पाउन सकिनेछ । लामो दूरीको यात्राको लागि, यो विलासी क्याबिनले तपाईंलाई आरामदायी यात्रा गर्न मद्दत गर्नेछ। यसमा थ्री-जोन जलवायु नियन्त्रण, दोस्रो सिटका यात्रुहरूको लागि व्यक्तिगत टचस्क्रिन प्यानल, सिट भेन्टिलेसन, डुअल-सनरुफ, पावर्ड स्लाइडिङ रियर डोर र पछाडिको सिटको लागि मनोरञ्जन स्क्रिन जस्ता सुविधाहरू हुनेछन्।
ड्राइभिङ रेञ्ज
यद्यपि, कम्पनीले भारतीय बजारमा प्रस्तुत गरिने मोडेलको विशिष्टताको बारेमा हालसम्म खुलाएको छैन। तर, विश्व बजारमा उपलब्ध एम ९मा, कम्पनीले ९० kWh क्षमता भएको लिथियम-आयन ब्याट्री प्याक दिएको छ। याे ब्याट्रिले एक पटक चार्ज गर्दा ४३० देखि ५६५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिन्छ। यसको ब्याट्री डीसी फास्ट चार्जरकासाथ केवल ५० मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ। तर, एसी चार्जरबाट ब्याट्री पूर्ण रूपमा चार्ज हुन करिब साढे ८ घण्टा लाग्छ।
भारतका १२ शहरहरूमा बिक्री हुँदै
एमजी मोटरले सुरुवातमा देशभरका १२ शहरहरूमा एमजी सेलेक्ट आउटलेटहरू खोल्ने योजना बनाएको छ। यो एमपीभी पनि कम्पनीले प्रस्ताव गरेको प्रिमियम कार हो । त्यसैले, यो डिलरशिप मार्फत् पनि बिक्री गरिने भारतीय संचारमाध्यमले जनाएका छन्। अर्थात् सुरुमा यो कार १२ शहरहरूमा बिक्रीको लागि उपलब्ध हुनेछ। त्यसपछि, ग्राहकहरूको प्रतिक्रियाको आधारमा, कम्पनीले आफ्नो एमजी सेलेक्ट नेटवर्क विस्तार गर्ने जनाएकाे छ ।
एजेन्सीकाे सहयाेगमा ।