माघ महिनाका लागि बैंकहरुले कति निर्धारण गरे ब्याजदर?

Jan 13, 2025 09:12 AM Merolagani



वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर तोकेका छन्। २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याजदरको सुचना अनुसार अधिकांश बैंकहरुले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

२० बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी ३ वाणिज्य बैंकहरुमध्ये दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एकले बढाएको छ।

पुसको तुलनामा माघ महिनामा ब्याजदर घटाउने बैंक नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने बढाउने बैंक लक्ष्मी सनराइज बैंक रहेको छ। नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ। लक्ष्मी सनराइज बैंकले भने यस्तो खाताको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको हो।

दुई बैकहरुको ब्याजदर घटेपछि बैंकहरुको औषत ब्याजदर पनि सामान्य घटेको छ। पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको हो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।