यस्ताे अवस्थामा तपाईं सोच्दै हुनुहुन्छ होला कि तपाईंको शहरमा जाडो छ । तर, आज हामी तपाईंलाई एउटा यस्तो शहरको बारेमा बताउन गइरहेका छौं जहाँको तापक्रम अत्यन्त न्यून छ।
यस शहरमा मानिसहरूले आफ्ना सवारी साधनका इन्जिनहरू २४ सै घण्टा चलाइराख्छन्।यसाे नगरेमा गाडी रोकिनेछ र बिग्रनेछ । यसरी, साे गाडी अर्को गर्मीमा मात्र फेरि चलाउन सकिन्छ।
कुन हाे त विश्वकै सबैभन्दा चिसो शहर?
रूसको सबैभन्दा चिसो शहर
याे शहर रूसको साखा प्रान्तको राजधानी याकुत्स्क हाे। यस शहरको जनसंख्या करिब साढे ३ लाख छ । यो विश्वको सबैभन्दा चिसो शहर हो। यो शहर यति चिसो छ कि यदि तपाईं न्यानो लुगा बिना सडकमा निस्कनुभयो भने, चिसोका कारण केवल १० मिनेटमा तपाईंको मृत्यु हुन सक्छ।
खासगरी, यस शहरको तापक्रम गर्मीमा २७ डिग्रीसम्म पुग्छ । तर, जाडोमा भने ६२ डिग्रीसम्म तापक्रम रहन्छ। यस शहरमा रेकर्ड गरिएको सबैभन्दा कम तापक्रम ७० डिग्री हाे।
याकुत्स्कमा बस्ने मानिसहरू चिसोबाट बच्न सधैं न्यानो लुगा लाइरहेका हुन्छन्।
यसका साथै, यस शहरका मानिसहरूले रातभर गाडीको इन्जिन चलाइराख्नु पर्छ। इन्जिन नचलाएमा आपतकालीन अवस्थामा कतै जानुपर्ने भयो भने गाडीलाई चलाउन कठिन हुन्छ।
कार बन्द गरेपछि चलाउन कठिन
यस शहरमा मानिसहरू चिसोबाट बच्न घरमा हिटर प्रयोग गर्छन्। तर, चिसोबाट सवारी साधनहरूलाई बचाउन सधैं चलाइराख्नछन्।
शहरकाे चिसोमा कारको इन्धन ट्याङ्की भित्रको इन्धन पनि जम्ने गर्छ। साेहि कारण, गाडी प्रयोग गर्न, गाडीमा इन्जिनलाई चलिरहेकै अवस्थामा नै छोड्नुपर्छ । इन्जिन न्यानो राख्नकालागि र आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि गाडीकाे इन्जिन अन गरेर नै छाेड्नुपर्छ।
यदि कसैले गल्तिले इन्जिन बन्द गरेर आधा घण्टाको लागि पनि छोडिदिएमा अब त्याे कार स्टार्ट गर्न अर्को गर्मी सम्म कुर्नु नै पर्छ।
चिसो हावाले कारलाई असर नगरोस् र इन्जिन सजिलै सुरु होस् भन्नका लागि कतिपय मानिसहरूले आफ्नो कार हिटर भएको ग्यारेजमा पार्क पनि गर्ने गर्छन्। यसबाहेक, विशेष सवारी साधनको कभर पनि प्रयोग गरिन्छ।
एजेन्सी ।