पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई देउवाले भने- सरकारमा गएर के काम गर्नु भयाे ?

Jan 16, 2025 11:28 AM Merolagani



नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् ।

बिहीवार बिहान निजी निवास बुढानिलकण्ठमा बोलाएर सभपति देउवाले काँग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन । हालसम्म ३ जना मन्त्रीहरुले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए ।

उनले मन्त्रालयले सोचेअनुसारको काममा तिब्रता दिन नसकेको उल्लेख गरे। छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिनुभएको बताए ।

उनले भने, ‘नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुको उपस्थिति भएको छ । त्यसमा नेपाली काँग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ । के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भइरहेको छ । अहिलेसम्म तीन वटा मन्त्रालयको विस्तृत जानकारी दिइएको छ । आफ्नो मन्त्रालयको ब्रिफिङ भइरहेको छ । उहाँहरुले सुझाव पनि दिनुभएको छ ।’

उनले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताए ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।