आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Jan 16, 2025 11:50 AM Merolagani



आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

प्रहरी वृत्त गौशालाका अनुसार तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप भएको छ।

अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो प्रहरी वृत्त स्वयम्भूको टोलीले तामाङलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो। तामाङविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दर्ता गराएको थियो।

 

पछिल्लो समय आशिकाले नेपालमा चर्चा बटुलिरहेकी छिन् । नेपालमा चौतर्फी बेतिथि रहेको र त्यो बेतिथिको भण्डाफोर गर्न भन्दै आशिका जर्मनीबाट नेपाल आएकी थिइन् । तामाङसहित उनको टिमले सार्वजनिक निकायमा भइरहेका बेतिथि र महंगीबारे प्रश्न उठाउँदै आएका थिए ।

केही दिन अघि मात्र अधिकार सम्मन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा उनी पुगेकी थिइन्। साेही क्रममा त्यहाँका कर्मचारी र तामाङबीच वादविवाद भएको थियो । उक्त भिडियाेले सामाजिक संजाल समेत तातेकाे थियाे ।

तामाङकाे समुहले ‘राष्ट्रिय सचेत नागरिक अभियान’ नामक संस्था बनाएर ७७ जिल्लामा भइरहेका बेतिथिको भण्डाफोर गर्ने भन्दै सार्वजनिक आह्वान समेत गरेको थियाे । यसैबीच, बुधबार प्रहरीले तामाङलाई नियन्त्रणमा लिएकाे थियाे ।

 




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।