एनआईसी एशिया बैंकको सञ्चालक समितिबाट आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत

Jan 16, 2025 01:00 PM Merolagani



एनआईसी एशिया बैंक लिमिटेड(NICA)को सञ्चालक समितिको ६९४औं बैंठकले आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गरेकाे छ । 

सो को अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ । २०८१ पुष २९ गते सम्पन्न बैठकले उक्त निर्णय गरेकाे हाे । 

आ.व. २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्नुका साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात् यथाशीघ्र बैंकको २७औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।