एक हजार जम्मा गरेर गाउँ पालिकाले आजबाट खाेल्दैछ छात्राहरुका लागि बचत खाता, बैंकले दियाे २० हजारको स्वास्थ्य बिमा

Jan 16, 2025 01:51 PM Merolagani



आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने भएको छ । गत मङ्सिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो ।

गत मङ्सिर २६ गते कुमारी बैंकसँग सम्झौता गरी गाउँपालिकाका विभिन्न वडाका विद्यालयमा पुगेर छात्राहरुका लागि खाता खोलिने गाउँपालिकाका प्रशासकीय अधिकृत शर्मिला अधिकारीले जानकारी दिइन ।

उनका अनुसार आँबुखैरेनी गाउँपालिका–५ लाब्दीस्थित अरुणोदय प्राथमिक विद्यालयमा माघ ३ गते, सोही वडाको खेउसिङस्थित कामधेनु प्राविमा माघ ४ गते, सोही वडाको सानोभञ्ज्याङस्थित इन्द्रदेव आधारभूत विद्यालयमा माघ ४ गते, आँबुखैरेनी गाउँपालिका–६ प्यूघरफाँटस्थित लक्ष्मी माविमा माघ ४ गते विद्यार्थीको खाता खोलिनेछ ।

खाता खोल्नका लागि विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, विद्यार्थीको अभिभावकको नागरिकताको प्रतिलिपि, अभिभावकको पासपोर्ट साइजको फोटो आवश्यक पर्ने जनाइएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार पहिलो पटक छात्रा बचत कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । पालिकाले कक्षा १० सम्म अध्ययनरत छात्राहरुलाई एक हजार बचत मौज्दातसहित निःशुल्क बाल बचत खाता खोलिदिने कार्यक्रम छ ।

उनले भने, “कक्षा १ देखि १० सम्मका छात्राहरुको बाल बचत खाता खोलेर रु एक हजार जम्मा गरिदिन्छाै । सानैदेखि बचत गर्नुपर्छ भन्ने भावना विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।” छात्राको नाममा खोलिएको सो खातामा कुमारी बैंकले  २० बजार बराबरको स्वास्थ्य बिमाको सुविधा दिने जनाएको छ । चुमानले भने, “यो कार्यक्रमले बचत गर्ने बानीको विकास गर्ने, विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्चित गर्ने, विद्यार्थीको रुचि तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँचमा सहयोग पुग्नेछ ।”

यसअघि नै गाउँपालिकाले जनप्रतिनिधि,कर्मचारी,शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणलाई अभियानकै रुपमा अगाडि बढाएको हो । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको शिक्षक नियुक्ती, सिकाइ गुणस्तर अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ । आँबुखैरेनी गाउँपालिकाका छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजार बढी विद्यार्थी अध्ययनरत छन् ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।