सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Jan 18, 2025 06:33 AM Merolagani



यस साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साता २६३५.०९ विन्दुमा बन्द भएको नेप्से, यस साता १.७६ प्रतिशत अर्थात ४६.४७ अंक घटेर २५८८.६२ विन्दुमा झरेको छ।

यस साता ४ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन नेप्से बढेको थियो। यस साताको बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ११.९२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७१ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब ५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ६० करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ७.४५ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १८.५९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १२.२३ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण १.७६ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७७ अर्ब रुपैयाँ घटेर ४२ खर्ब ९३ अर्बमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १२.९६ प्रतिशत घटेको छ। गत साता ३०३३.०४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ३९३.०८ अंक घटेर २६३९.९६ विन्दुमा झरेको छ।

यस साता जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा कम ०.१३ प्रतिशत घटेको छ। गत साता ३६७४.६२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४.८५ अंक घटेर ३६६९.७७ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.०६ अंक घटेको छ।

यस साता सुपर मादी हाइड्रोपावरको १० लाख ५० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

यस साता बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक २५.८६ प्रतिशत बढेको छ। गत साता ८४७ रुपैयाँमा रहेको यस कम्पनीको शेयरमूल्य, यस साता १ हजार ६६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे २३ प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्तको शेयरमूल्य १९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको आत्मनिर्भर लघुवित्तको शेयरमूल्य यस साता सर्वाधिक २३.०४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता कालिका लघुवित्त वित्तीय संस्था, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने घलेम्दी हाइड्रो, माछापुच्छ्रे बैंक, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।