खुद ब्याज आम्दानी घटेपनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो

Jan 20, 2025 06:22 AM Merolagani



नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.१८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३२.८० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.८७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७७ करोड २५ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ३३.६९ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६० पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.७१ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।