एप्पलले छिट्टै आईफोन एसई सार्वजनिक गर्दै, हालसम्मकै सस्ताे हुने

Jan 21, 2025 11:53 AM Merolagani



आईफोन १७ एयर पछि, अहिले आईफोन एसईको लन्चको चर्चा तीव्र रूपमा चलिरहेकाे छ। कथित आईफोन एसईका लीक भएका तस्बिरहरू हाल इन्टरनेटमा भाइरल भइरहेका छन्। लीकर सोनी डिभसनले एक्स(X)मा आईफोन एसइको कालो र सेतो संस्करणहरू शेयर गरेका छन्।

रिपोर्टका अनुसार कम्पनीले आईफोन १७ सिरिजभन्दा पहिले आईफोन एसई लन्च गर्न संभावना रहेकाे छ। यसलाई आईफोन एसई ४ भन्न सकिन्छ र कम्पनीले यसलाई दुई महिना भित्र लन्च गर्ने बताइएको छ। तर,सधैं जस्तै, एप्पल वा अन्य कुनै पनि स्मार्टफोन कम्पनीले लिकका बारेमा जानकारी दिएकाे छैन।

धेरैजसो विश्वसनीय टिपस्टरहरू र लीकरहरूले लन्च गर्नु अघि सार्वजनिक गरेको डिभाइसकाे जानकारी धेरै हदसम्म वास्तविक उत्पादनसँग मिल्दोजुल्दो छ। 

आईफोन एसई ४ मा आईफोन १६ सिरिज जस्तै एप्पल इन्टेलिजेन्स प्रदान गरिनेछ। आईफोन एसईको डमी लीक भएको युनिट हेर्दा, लेन्स ठूलो भएकाले यसमा ४८ मेगापिक्सेलको प्राथमिक क्यामेरा दिइन सक्छ।

यसकाे माथिल्लो बायाँ कुनामा एउटा मात्र रियर क्यामेरा दिइनेछ। यदि तपाईंले छेउबाट हेर्नुभयो भने, यसमा तपाईंले म्यूट स्विच, भोल्युम बटनहरू र भौतिक सिम कार्ड स्लट देख्नुहुनेछ जुन टिपिकल एप्पलकाे स्टाइल हो।

ब्लूमबर्गको एक रिपोर्टमा, लोकप्रिय टिपस्टर मार्क गुरम्यानले आगामी केही महिना भित्र कम्पनीले आईफोन एसई ४ वा आईफोन १६ई लन्च गर्न सक्ने बताएकाे उल्लेख गरिएकाे छ । यसको मूल्य अमेरिकामा ५०० अमेरिकी डलरमा लन्च गरिने अनुमान गरिएकाे छ।

यस्तै, केही समयदेखि आईफोन १७ एयरको बारेमा पनि समाचारहरू आइरहेका छन्। आईफोन १७ एयर कम्पनीको याे वर्षकाे पहिलो आईफोन हुन सक्छ, तर यो सेप्टेम्बर-अक्टोबरमा मात्र लन्च हुनेछ।

लिक्सका अनुसार, आईफोन एसई ४ मा ६.६ इन्चको ओएलईडी स्क्रिन हुनेछ। यसमा एप्पल १८ चिपसेट हुनेछ जुन परफर्मेन्समा आईफोन १६ जस्तै छ।

४८ मेगापिक्सलको रियर क्यामेरा ठूलो कुरा हो, किनकि यसअघि एसइमा साना क्यामरा सेन्सरहरू प्रदान गरिएको थियो। डिजाइनको बारेमा, धेरै रिपोर्टहरूले यो हालको लाइनअप जस्तै पूर्ण रूपमा बक्सी हुनेछ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।