बैंकहरुको वित्तीय विवरण आइसकेपछि कस्तो बन्ला लगानीकर्ताकाे रणनीति ?

Jan 20, 2025 05:56 PM Merolagani



सोमबारको बजार सामान्य अंकले सकारात्मक भएर बन्द भएको छ । यस दिन बजार ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा पुगेको छ भने ६ अर्ब ५७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

सोमबार बैंक तथा वित्तीय संस्थाहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन । सार्वजनिक भएको विवरण अनुसार औसतमा बैंकहरुको नाफा ४ प्रतिशतले खुम्चिएको छ ।

बजारका लगानीकर्ताले पूर्वाअनुमान गरे अनुसार नभएर बैंकहरुको विवरण सुधारात्मक आउँदा सूचक स्थिर हुन खोजेको लगानीकर्ताहरुको बुझाई छ । यद्यपि आज बैंक तथा वित्तीय संस्थाहरुकाे सूचक नै नकारात्मक देखिएको छ । आगामी कारोबार दिनमा बजारले विस्तारै सकारात्मकता समाउनेमा लगानीकर्ता आशावादी रहेका छन् ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।