काठमाडौँ त्रिभुवन विमानस्थलमा ओर्लिएका उनले धरानबाटै रित्तो गाग्री लिएर आएका थिए । मेयर साम्पाङले सरकारलाई दबाब दिनका लागि गाग्री ल्याएका हुन् । धरानको खानेपानी समस्या समाधान गर्न नसकेकाे भन्दै उनी रित्तो गाग्री बोकेर काठमाडौ आएका हुन्।
मेयर साम्पाङले काठमाडौ आउनु अघि धरानको भानु चोकमा रित्तो गाग्रीसहित प्रदर्शन गरेका थिए । उनले काठमाडौमा पनि मंगलबार खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्ने जानकारी दिएका छन् ।