भारतले कच्चा तेलको आयातमा भन्सार बढाएपछि नेपालको निर्यात बढ्यो, ६ महिनामा झन्डै १ खर्बको सामान निर्यात

Jan 20, 2025 05:37 PM MeroLagani



चालु आवको ६ महिनामा नेपालको निर्यात व्यापार ३१.७८ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामा नेपालले ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँको सामान निर्यात गरेको छ ।

पाम, सोयाबिन र भटमासको तेलको भारत निर्यात बढेपछि समग्र निर्यातमै वृद्धि देखिएको हो । भारतले यी तेलहरुको भन्सार वृद्धि गर्दा नेपालबाट यी सामानहरुको निर्यात बढेको हो । गत आवको सोहि अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख बराबरको निर्यात भएको थियो । भारतले २०८१ भदौ २९ गते भटमास, पाम, सोयाबिन तेलको भन्सार महशुल ५ प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि नेपालबाट निर्यात हुने तेलको मात्रा बढेको हो । कच्चा पदार्थ अन्तर्गत पाम, भटमास र सोयाबिन तेल आयात गर्दा नेपालमा १० प्रतिशत भन्सार तिर्दा पुग्छ । भन्सार अन्तरमै शतप्रतिशत मार्जिन हुने भएपछि तेस्रो देशबाट तेल आयात गरी भारत पठाउन सुरु गरेको हो ।

निर्यात बढाउने मुख्य वस्तु भटमास र सनफ्लावर तेल हुन्। ६ महिनामा भटमासको तेल १८ अर्ब ९१ करोड तथा सनफ्लावरको तेल ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको निर्यात गरिएको छ ।

चालु वर्षको पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आयात ७.०६ प्रतिशतले आयात बढेको हो । विगत केही महिनादेखि नेपालको आयातको वृद्धिदर ऋणात्मक रहँदा बजारमा वस्तुको माग कम भएको विश्लेषण गरिँदै आएको थियो । अहिले भने विस्तारै आयात समेत बढ्न थालेकाले अर्थतन्त्र चलायमान हुने आँकलन गरिएको छ ।

समिक्षा अवधिमा व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको छ । गत आव ६ खर्ब ९३ अर्ब १९ करोड रहेको थियो । पुस महिनामा आयात १ खर्ब ६१ अर्ब पुगेको छ जसबाट राज्य खातामा ४० अर्ब बढी राजस्व संकलन भएको छ ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।