प्रोभिजन र खराब कर्जालाई एउटै रुपमा हेर्दा मुलुकको अर्थतन्त्र र बैंकहरुमा समस्याः पूर्वबैंकर्स भट्टराई

Jan 20, 2025 05:27 PM Merolagani



पूर्व बैंकर अनलराज भट्टराईले बैंकहरुमा बढ्दै गएको खराब कर्जाको समस्या समाधानको लागि प्रोभिजन र खराब कर्जा छुट्याएर हेर्नु आवश्यक रहेको बताए ।

सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको नाफिज संवादमा बोल्दै पूर्वबैंकर्स भट्टराईले यस्तो बताएका हुन । उनले बैंकले नोक्शानी व्यवस्थापनको लागि छुट्याउने प्रोभिजन र खराब कर्जालाई छुट्टै रुपमा हेर्ने नीति आवश्यक रहेको बताए । उनले बैंकले नोक्सानी व्यवस्थापनको लागि छुट्याउने प्रोभिजन र खराब कर्जालाई एउटै रुपमा हेर्दा मुलुकको अर्थतन्त्र र बैंकहरुमा समस्या आएको बताए । उनले बैंकहरुमा निष्क्रिय कर्जा बढ्दै जाँदा प्रोभिजन बैंकहरुले थप्दै जानु पर्ने अवस्था रहेको बताए। उनले बैंकहरुको अहिलेसम्मको अवस्था हेर्दा ८ प्रतिशतसम्म खराब कर्जा पुग्ने देखिएको बताए ।

उनले बैंकहरुको निष्क्रिय कर्जा बढ्दै जाँदा कर्जा नोक्सानी व्यवस्थामा चालु आ.व.को दोस्रो त्रैमाससम्म २४ अर्ब ६७ करोड ७१ लाख रूपैयाँ व्यवस्था गरेको बताए । उनले बैंकहरुले कर्जा नोक्सानी व्यवस्थाको लागि रकम छुट्याउँदा नाफामा कमी आएको बताए । उनले बैंकले कुनैपनि समयमा दिएको ऋणलाई असुली गर्न नसक्ने अवस्था आए बैंकहरुले सतप्रतिशत नाफा-नोक्सान खाता खर्चमा लेख्नुपर्ने व्यवस्था रहेको बताए । उनले बैंकहरुले तत्कालको अवस्थामा शेयर लगानीकर्तालाई लाभांश दिन नसक्ने बताए ।

उनले कर्णाली बैंकको ४२ प्रतिशत खराब कर्जा देखिनु नियामक निकायको पनि कमजोरी देखिएको बताए । उनले बैंकको खराब कर्जा ४२ प्रतिशत एकै दिनमा नभई हरेक वर्ष हुँदै आएको बताए । उनले बैंकिङ क्षेत्रको कर्जा ८९ प्रतिशत सम्पती धितोमा रहेको बताए। घर जग्गा धितोमा ६६ प्रतिशत रहेकाले केही सुरक्षित देखिएको उनको भनाइ छ । उनले अहिले बैंकहरु दुईवटा खराब कर्जा बढ्दै जाने र पुँजी कोषमा दबाब बढ्ने समस्या देखिएको बताए । उनले बैंकहरुमा तरलता थ्रुपिएर बसेको तर बैंकले ऋण दिन र ऋणले लिन नचाहने अवस्था रहेकाले मुलुक क्रेडिट क्रन्चमा रहेको बताए ।

उनले भने,‘ बैंकहरुको प्रोभिजनिङ र खराब कर्जा छुट्याउन सक्यौं भने अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नसक्छौं । जहाँ बैंकहरुमा ८ प्रतिशत पुग्न लागेको खराब कर्जालाई निराकरण गर्नसक्छौं । बैंकहरुमा ८ प्रतिशत खराब कर्जा पुग्छ । यदि बैंकहरुमा ८ प्रतिशत खराब कर्जा पुग्यो भने प्रोभिजनिङ के गर्ने ? बैंकले कुनैपनि समयमा दिएको ऋणलाई असुली गर्न नसक्ने अवस्था भयो भने बैंकहरुले सतप्रतिशत नाफा नोक्सान एकाउण्टमा खर्च लेख्नुपर्छ । शेयर र लगानीकर्तालाई लाभांश दिन सक्दैन । बैंकको परिस्थितिको कारणले गर्दा नाफा बाँड्न सकिएन । यो वर्ष बैंकहरुले ३१ अर्ब रुपैयाँ प्राभिजन राखिसकेको छ । अघिल्लो वर्ष देखि हेर्दा २६७ अर्ब रुपैयाँ प्राभिजनबाट शेयर होल्डरले पाउने नाफा र सरकारले पाउने करमा पनि असर परेको छ । कर्णाली बैंकको ४२ प्रतिशत खराब कर्जा देखिँदा राष्ट्र बैंकले नियन्त्रणमा लिनु पर्यो । त्यो बेलासम्म अडिटर,रेगुलेटर कहाँ थियो ? बैंकको खराब कर्जा ४२ प्रतिशत एकै दिन भएको होइन । हरेक वर्ष हुँदै आएको हो । यो व्यवस्थापनदेखि रेगुलेन्टरसम्मको कमजोरीले यस्तो भएको हो । बैंकिङ क्षेत्रको कर्जा ८९ प्रतिशत सम्पत्ति धितोमा छ । घर जग्गा धितोमा ६६ प्रतिशत छ । सम्पत्ति धितोका कर्जाहरु वृद्धि भएका छन् । अन्यमा कम हुँदै गएको छ । अहिले बैंकहरु दुईवटा समस्यामा रहेको छ । पहिलो खराब कर्जा बढ्दै जाने र क्यापिटज टाइट हुँदै जाने समस्या छ । निक्षेप नलिने समस्या छ । तरलता थ्रुपिएर बसेको छ । तर बैंकले ऋण दिन र ऋणले लिन नचाहने अवस्था छ । भएको अहिले हामी क्रेडिट क्रन्चमा छौं । यदि बैंकहरुमा तरलता अभाव भएको भए आज सार्वजनिक भएको बैंकको नाफा ४.९ भन्दा माथि हुने थिएन । आज कुनैपनि बैंकलाई सरकारी पैसा चाहेको छैन । लैजाओस् भनि रहेको छ । यो समस्या भयो । बैंकहरुमा धेरै तरलता छ । मेरो ५ प्रतिशत कट्यो । बैंकहरु आफू काम गर्ने अनि राष्ट्र बैंकले नियमन बनाएको देखिएको छ । बैंकहरुमा समस्या आएको देखिएको छ । दुई-तीन वर्ष आगो बल्छ । त्यसपछि आगोले प्रेसर गर्छ । एग्रेसिभ बैंकिङले बैंकिङलाई एग्रेसिभ बनाई दियो । त्यसले असरले अहिले यो समस्यामा आएका छौं । आज एनपीए ५ प्रतिशत भन्दा माथि देखाउन पनि डिपोजिट लिइएको छैन ।’

सोमवार सार्वजनिक भएको तथ्याङ्कले बैंकहरुको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानीमा कमी आउँदा नाफामा गिरावट भएको देखएको छ । गत वर्षको दोस्रो त्रैमासमा तुलनामा बैंकहरुको खुद ब्याज आम्दानी ३.७१ प्रतिशतले घटेको छ । गत आ.व.को दोस्रो त्रैमाससम्म ९६ अर्ब ५६ करोड ५९ लाख रहेको खुद ब्याज आम्दानी चालु आ.व.को दोस्रो त्रैमासमा ९२ अर्ब ९७ करोड ९६ लाखमा झरेको हो । आम्दानी नै घट्दा बैंकहरुको नाफा समेत घटेको छ ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।