सो टोलीमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य नरेश लाल श्रेष्ठ, किशोर आचार्य, केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र व्यापार तथा निकासि प्रवद्र्धन विकास समितिका सदस्य निराजन चलाउने लगायत सहभागी रहेका थिए ।
थाई चेम्बर अफ कर्मशको निमन्त्रणामा बैकक पुगेको प्रतिनिधमण्डलले द्विपक्षीय भेटका अवसरमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै थाई उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेको थियो । यस्तै, नेपाली प्रतिनिधिमण्डलले नेपालमा आयोजना हुने अन्तरराष्ट्रिय मेला महोत्सवमा भाग लिन तथा अन्य सहकार्यका क्षेत्रहरू पहिचान गरि नेपालमा लगानी गर्न पनि थाई व्यवसायीहरूलाई आग्रह गरेको थियो ।
नेपाली व्यवसायीहरुलाई स्वागत गर्दै थाई चेम्बरका बोर्ड अफ ट्रेड बन्जरड चोल्भीजानले नेपाली महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका लागि थाई चेम्बर सकारात्मक रहेको बताएका थिए । सो अवसरमा थाइल्याण्डस्थित नेपाली दुतावासका डेपुटी चिफ अफ मिशन प्रकाश भण्डारीको पनि सहभागिता रहेको थियो ।