सुन र चाँदीको मूल्य घट्यो

Jan 23, 2025 10:39 AM Merolagani



माघ १० गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा छापावाला छापावाला सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला २० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भईरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच किनबेच भएको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।