सुन र चाँदीको मूल्य घट्यो

Jan 23, 2025 10:39 AM Merolagani



माघ १० गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा छापावाला छापावाला सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला २० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भईरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच किनबेच भएको थियो ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।