होन्डाले लन्च गर्‍यो आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर, कति छ मूल्य ?

Jan 24, 2025 10:57 AM Merolagani



होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो चर्चित एक्टिभा इलेक्ट्रिक बाहेक अर्को स्कुटर 'होन्डा क्यूसी१' भारतमा सार्वजनिक गरेको छ। यो कम्पनीकाे सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर रहेकाे कम्पनीकाे दाबी छ ।

यो नयाँ स्कुटरको सुरुवाती मूल्य ९० हजार भारतीय रुपैयाँ (एक्स-शोरूम) तोकिएको छ। याे स्कुटरकाे मूल्य एक्टिभा इलेक्ट्रिकको मूल्य १.१७ लाख भारतीय रुपैयाँ भन्दा करिब २७,००० रुपैयाँ सस्तो छ।

कस्तो छ त यो नयाँ स्कुटर ?

लुक र डिजाइन

डिजाइनको हिसाबले, होन्डा क्यूसी१ लाई एकदमै सरल राखिएको छ। यसमा न्यूनतम बडी स्टाइलिङ देख्न पाइनेछ। बडी प्यानलहरू कुनै पनि प्रकारको दृश्य ग्राफिक्सले सजिएका छैनन्। यो स्कुटर कुल पाँच रङ विकल्पहरूमा प्रस्तुत गरिएको छ। जसमा पर्ल स्यालो ब्लू, पर्ल मिस्टी ह्वाइट, पर्ल नाइटस्टार ब्ल्याक, पियर सेरेनिटी ब्लू र म्याट फगी सिल्भर मेटालिक समावेश छन्।

ब्याट्री प्याक र ड्राइभिङ रेन्ज

होन्डा क्यू सी१ (Honda QC1)मा, कम्पनीले १.५ किलोवाट आवर क्षमताको निश्चित ब्याट्री प्याक दिएको छ। जुन हब-माउन्ट गरिएको बीएलडीसी इलेक्ट्रिक मोटरसँग जोडिएको छ। यो मोटरले १.८ किलोवाट पावर र ७७ एनएम टर्क जेनेरेट गर्छ। यो ब्याट्री प्याकले स्कुटरलाई करिब ८० किलोमिटरको ड्राइभिङ रेन्ज दिने कम्पनीको दाबी छ। यति मात्र होइन, यो स्कुटरले केवल ९.७ सेकेन्डमा ०-४० किमीप्रतिघण्टाको गति लिन सक्छ । यसको अधिकतम गति प्रतिघण्टा ५० किलाेमिटर रहेकाे छ। यो स्कुटरको ब्याट्री पूर्ण चार्ज हुन ६ घण्टा ५० मिनेट लाग्ने होन्डाको दाबी छ।

यी सुविधाहरू पाउन सकिने

होन्डाले यो इलेक्ट्रिक स्कुटरमा ५ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ। यसबाहेक, पूर्ण रूपमा एलईडी लाइटिङ रहेकाे यो स्कुटरमा यूएसबी टाइप-सी चार्जिङ पोर्ट जस्ता सुविधाहरू प्रदान गरिएको छ। यसमा सिटमुनि भण्डारणको लागि २६ लिटर बुट स्पेस पनि पाउन सकिनेछ। यसमा तपाईंले आवश्यक पर्ने सामानहरू राख्न सक्नुहुन्छ। यसमा दुई राइडिङ मोडहरू इको र स्ट्यान्डर्ड पनि दिइएकाे छ।


क्यूसी१ को कर्ब तौल केवल ८९.५ किलोग्राम छ र एक्टिभा जस्तै यसमा पेट्रोल १३० मिमी (अगाडि) र ११० मिमी (पछाडि) ड्रम ब्रेक सेटअप पाइनेछ। यसको अगाडि १२ इन्चको पाङ्ग्रा र पछाडि १० इन्चको अलोय ह्वील संयोजन रहेकाे छ। यसको डिजाइन एक्टिभा इलेक्ट्रिकसँग धेरै मिल्दोजुल्दो भएतापनि नजिकबाट निरीक्षण गर्दा केही भिन्नताहरू स्पष्ट रूपमा देख्न सकिनेछ।

कति छ वारेन्टी ?

होन्डाले भारतका लागि प्यान-इन्डिया वैधता भएको केयर प्लस प्याकेज पनि घोषणा गरेको छ। यसको मूल्य ९ हजार ९०० भारतीय रुपैयाँ छ। यसले ५ वर्षको वार्षिक मर्मतसम्भार (AMC) प्रदान गर्दछ। जसमा ३ वर्षको स्टाण्डर्ड वारेन्टी र २ वर्षको विस्तारित वारेन्टी समावेश छ। ग्राहकहरूले केयर प्लस प्याकेज छुट्टै खरिद गर्नुपर्नेछ। यद्यपि, कम्पनीले यो स्कुटरमा मानकको रूपमा ३ वर्षको वारेन्टी पनि दिइरहेको छ।

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।