बैंक अफ जापानको एक निर्णयले विश्व शेयर बजारकाे चिन्ता बढाउँदै, के बजारमा फेरि ठूलो गिरावट देखिँदैछ?

Jan 24, 2025 03:38 PM Merolagani



के विश्वभरका शेयर बजारहरूमा फेरि एकपटक गिरावट देखिन सक्छ? जापानको बैंकले पुनः ब्याजदर बढाएपछि यो प्रश्न फेरि एक पटक उब्जिएकाे छ।

पछिल्लो पटक बीओजेले यो निर्णय लिँदा यसको प्रभाव विश्वभरका शेयर बजारमा देखिएको थियो। बैंक अफ जापानले आफ्नो प्रमुख ब्याजदर ०.२५ प्रतिशतबाट बढाएर करिब ०.५ प्रतिशत पुर्‍याएको छ।

उच्च ज्याला र मुद्रास्फीतिलाई उद्धृत गर्दै बैंकले यो निर्णय गरेको हो र मुद्रास्फीति वान्छित लक्ष्य स्तरमा नै रहेको खुलाएको छ। शुक्रबार टोकियोमा भएको दुई दिने नीति बोर्ड बैठकपछि केन्द्रीय बैंकले यो निर्णय गरेको हो।

बैठकपछि संचारमाध्यमहरूसँग कुरा गर्दै, बैंक अफ जापानका गभर्नर काजुओ उएदाले पटकपटक यो कदम चालिने संकेत गरेका थिए। हालैको मूल्य तथ्याङ्कले मुद्रास्फीति केन्द्रीय बैंकको २ प्रतिशत लक्ष्य वरिपरि घुमिरहेको देखाउँछ। बैठकमा केन्द्रीय बैंकको अर्को चिन्ता भने तलब वृद्धि रहेकाे थियो।

हालैका तथ्याङ्कहरूले जापानी कामदारहरूले राम्रो तलब कमाइरहेकाे देखाउँछ । यसैगरी, आगामी वार्षिक युनियन वार्तामा उनीहरूले ठोस तलब वृद्धि पाउने अपेक्षा गरिएको पनि देखाएको छ। केन्द्रीय बैंकले ब्याजदर अझ बढ्न सक्ने संकेत गरेको छ । यसका साथै, अर्थतन्त्रलाई स्थिर राख्नका लागि धेरै सतर्क रहने योजना बनाइरहेकाेमा ​​पनि जोड दिइएको छ।

गत वर्षकाे जुलाईमा बैंक अफ जापानले ब्याजदर बढाएपछि शेयर बजारमा तीव्र गिरावट देखिएको थियो। बैंकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिप्रति बजारको प्रतिक्रियालाई पनि नियालिरहेको छ। बैंक अफ जापानले गत वर्षकाे मार्चमा १७ वर्षमा पहिलो पटक ब्याजदर बढाएकाे थियाे । साेहि कारण, लामो समयदेखि जारी उनीहरूकाे नकारात्मक ब्याजदर नीति समाप्त भयो।

लामाे समयसम्म जापानमा नरम मौद्रिक नीतिको उद्देश्य अर्थतन्त्रलाई मुद्रास्फीति प्रवृत्तिबाट बाहिर निकाल्ने र वृद्धिलाई प्रवर्द्धन गर्ने रहेकाे थियो।

मुद्रास्फीतिकाे अवस्थामा कम्पनीहरूले कम लगानी गरेका कारण तलब कटौती गर्छन् र मानिसहरूले कम खर्च गर्छन्, त्यसैले, विकासमा बाधा पुग्छ। जापानको अवस्था अमेरिकी फेडरल रिजर्भ र युरोपेली केन्द्रीय बैंकको भन्दा फरक छ । यी बैंकहरूले मुद्रास्फीतिलाई नियन्त्रण गर्न दरहरू बढाएपछि अब घटाउँदैछन्। फेडले हालै दर कटौतीको गतिलाई अझ सुस्त बनाउने संकेत दिएको छ।

एजेन्सी ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।