नागरिक स्टक डिलरले लगानीकर्ता वित्तीय सचेतना कार्यक्रम आयोजना गर्दै

Jan 24, 2025 05:26 PM Merolagani



नागरिक स्टक डिलर कम्पनी लिमिटेडले लगानीकर्ता वित्तीय सचेतना कार्यक्रम आयोजना गर्ने भएकाे  छ । यहिँ माघ १२ गते, शनिबार नेपालगञ्जस्थित सिद्धार्थ कटेज एण्ड रेष्टुरेण्टमा बिहान ९ बजेदेखि दिउँसाे १ बजेसम्म कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सचेतना कार्यक्रममा कम्पनीले निःशुल्क सहभागी हुने व्यवस्था गरेकाे छ। शेयर बजारसँग सम्बन्धित महत्वपूर्ण ज्ञानकाे अध्ययन गर्न उक्त कार्यक्रममा सहभागी हुन कम्पनीले अनुराेध गरेकाे छ ।

यसैगरी, माघ १६ गते, बुधबार धनगढीको रुबस होटलमा वित्तिय सचेतना कार्यक्रम गरिन लागेको कम्पनीले जनाएको छ।

त्यस्तै, माघ १८ गते, शुक्रबार महेन्द्रनगरस्थित सूदूरपश्चिम विश्वविद्यालयको हलमा र माघ १९ गते, शनिबार सुर्खेतस्थित होटल सिद्धार्थमा सचेतना कार्यक्रम गर्न लागिएको हो ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।