कम्पनीले नयाँ एक्टिभा ११० मा केही परिवर्तन गरेको छ । यसरी, याे अघिल्लो मोडेलभन्दा केहि फरक रहेकाे छ।
कम्पनीले नयाँ होन्डा एक्टिभा ११० कुल तीन भेरियन्टमा प्रस्तुत गरेको छ। यसमा स्ट्यान्डर्ड, डिलक्स र शीर्ष मोडेल एच-स्मार्ट समावेश छन्। यो स्कुटरकाे सुरुवाती मूल्य ८० हजार ९५० भारतीय रुपैयाँ ताेकिएकाे छ।
कम्पनीले २०२० को सुरुवातमा हालको जेनेरेसन मोडल लन्च गरेको थियो । यो एक्टिभा ६जी हो र त्यसबेलादेखि यसलाई अपडेट गरिएको थिएन। यो स्कुटर अघिल्लो मोडलको तुलनामा २ हजार २६६ भारतीय रुपैयाँले महँगो छ। अघिल्लो मोडलको सुरुवाती मूल्य ७८ हजार ६८४ भारू थियो।
नयाँ होन्डा एक्टिभा कस्तो छ?
लुक र डिजाइन:
याे स्कुटरमा कुनै ठूलो परिवर्तन देखिएको छैन। यो धेरै हदसम्म अघिल्लो मोडल जस्तै छ। यो स्कुटर कुल ६ रङहरूमा ल्याइएकाे छ।ती रङहरूमा पर्ल साइरन ब्लू, पर्ल प्रिसियस ह्वाइट, पर्ल इग्नियस ब्ल्याक, डिसेन्ट ब्लू मेटालिक, म्याट एक्सिस ग्रे र रेबेल रेड मेटालिक रहेका छन्।
पावर र पर्फमेन्स ः
नयाँ होन्डा एक्टिभामा कम्पनीले नयाँ मापदण्ड अनुसार अद्यावधिक गरिएको १०९ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन प्रयोग गरेको छ। जसले ७.८ एचपीको पावर र ९.०५ एनएमको टर्क जेनेरेट गर्छ। स्कुटरको माइलेज अझ राम्रो बनाउन यसमा आइडलिङ स्टप सिस्टम पनि समावेश गरिएको कम्पनीको भनाइ छ।
के-के सुविधा पाइन्छ ?
कम्पनीले नयाँ होन्डा एक्टिभामा केही नयाँ सुविधाहरू थपेको छ। जसमा ४.२ इन्चको टीएफटी डिस्प्ले समावेश छ। याे ब्लुटुथ कनेक्टिभिटीको साथ पाइनेछ। यसले सवारीलाई नेभिगेसन, कल सूचनाहरू जस्ता सुविधाहरू प्रयोग गर्ने विकल्प दिने कम्पनीकाे भनाइ छ। यसबाहेक, यो स्कुटरमा यूएसबी टाइप-सी चार्जर पनि दिइएको छ।
एजेन्सीकाे सहयाेगमा ।