साधारण सभामा ५५.५३ प्रतिशत शेयर सदस्यको उपस्थिति रहेको थियो । ७७ जिल्लामा कार्यक्षेत्र रहेको सिवाईसी नेपालको चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार ३९० रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२को पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार पुँजीकोष ८.२५, खराब कर्जा ४.३५, इपिएस १६, खुद नाफा ४ करोड ३१ लाख ६२ हजार ७९ रुपैयाँ रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र प्रसाद शर्माले जानकारी गराए ।
संस्थाको रिजर्भ एण्ड सरप्लस ४० करोड ४२ लाख ८८ हजार ९०० रुपैयाँ रहेको छ । संस्थामा लगानीमा रहेको कर्जा ६ अर्ब ८ करोड ६७ लाख १४ हजार ६५० रुपैयाँ, निक्षेप २ अर्ब ४८ करोड २४ लाख ६ हजार ५१० रुपैयाँ, संस्थालेले लिएको ऋण २ अर्ब ६६ करोड ८५ लाख २८ हजार ७८० रुपैयाँ रहेको छ । १२४ शाखा रहेको सिवाईसी लघुवित्तमा १ लाख २२ हजार ७९७ सदस्य रहेका छन् भने ४७ हजार १२० ऋणी रहेको कार्यकारी प्रमुख कार्यकारी अधिकृत शर्माले साधारण सभामा जानकारी गराएका थिए ।
साधारण सभामा सिवाईसी लघुवित्तको मुख्य प्रवद्र्धक संस्था सिवाईसी नेपालका अध्यक्ष चण्डि प्रसाद शर्माले लघुवित्तले विपन्न नागरिकको हितलाई समेत ध्यान दिनुपर्ने बताए ।
साधारण सभामा सेयर सदस्यहरुले राखेको जिज्ञाशाका बारेमा संस्थाका अध्यक्ष शर्मा, सञ्चालक जीवन पौडेल, कम्पनी सचिव तथा र्काकारी प्रमुख शर्माले प्रष्ट पारेका थिए । कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष तथा शेयर सदस्य गण्डकी थापा अधिकारी, लघुवित्तका सञ्चालक सुमन जि.सी. लगायतले मन्तव्य राखेका थिए ।
सिवाईसी लघुवित्तमा आँधिखोला लघुवित्त वित्तीय संस्था र सालिग्राम लघुवित्त संस्था मर्ज भएको थियो।