प्रि ओपन सेसन अपडेटः साढे १ अंक घट्यो नेप्से

Jan 27, 2025 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १०.४१ अंक घटेर २६४३.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.६३ अंक घटेर २६४२.३० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ६५ स्टकको १४६ पटकको कारोबारमा १ करोड ५ लाख ७२ हजार ५४० रुपैयाँ ४० पैसाबराबरको १५ हजार ६२१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।