बजारले २७५० विन्दुको अवरोधलाई कसरी प्रतिकृया जनाउला ?

Feb 02, 2025 05:25 PM Merolagani



साताकाे पहिलाे काराेबारकाे दिन अर्थात आइतबारको बजारमा उत्साहित रुपले बढेको छ । झण्डै ५ महिनाकै उच्च कारोबार सहित आजको बजार बढेको हो । यस दिन नेप्से सूचक ६९.८० अंकले बढेर २७२७.५८ विन्दुमा पुगेको छ भने १२ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

पछिल्ला केहि समयदेखि बजारले साइडवेयजलाई निरन्तरता दिएको थियो । बजारमा राम्रो वृद्धि भएर कारोबार हुन सकेको थिएन । पछिल्लो समय नेप्से २७५० देखि २७८० को विन्दुलाई अवरोधको क्षेत्रको रुपमा लिने गरेको पाइन्छ । बजार उक्त विन्दुमा पुग्दै करेक्सन हुने क्रम पटक पटक हुने गरेको छ ।

बजारले गत हप्तादेखि कारोबार रकमको आधारमा राम्रो संकेत गर्दै आएको थियो । सोही अनुसार आइतबारको बजारले त्यसलाई निरन्तरता दिएको लगानीकर्ताहरुको बुझाई छ । अबको बजारमा घट्ने भन्दा बढ्ने आधारहरु बलियो भएको हुँदा २७५० को अवरोधलाई सहजै पार गर्ने लगानीकर्ताको विश्वास छ ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।