बजारले २७५० विन्दुको अवरोधलाई कसरी प्रतिकृया जनाउला ?

Feb 02, 2025 05:25 PM Merolagani



साताकाे पहिलाे काराेबारकाे दिन अर्थात आइतबारको बजारमा उत्साहित रुपले बढेको छ । झण्डै ५ महिनाकै उच्च कारोबार सहित आजको बजार बढेको हो । यस दिन नेप्से सूचक ६९.८० अंकले बढेर २७२७.५८ विन्दुमा पुगेको छ भने १२ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

पछिल्ला केहि समयदेखि बजारले साइडवेयजलाई निरन्तरता दिएको थियो । बजारमा राम्रो वृद्धि भएर कारोबार हुन सकेको थिएन । पछिल्लो समय नेप्से २७५० देखि २७८० को विन्दुलाई अवरोधको क्षेत्रको रुपमा लिने गरेको पाइन्छ । बजार उक्त विन्दुमा पुग्दै करेक्सन हुने क्रम पटक पटक हुने गरेको छ ।

बजारले गत हप्तादेखि कारोबार रकमको आधारमा राम्रो संकेत गर्दै आएको थियो । सोही अनुसार आइतबारको बजारले त्यसलाई निरन्तरता दिएको लगानीकर्ताहरुको बुझाई छ । अबको बजारमा घट्ने भन्दा बढ्ने आधारहरु बलियो भएको हुँदा २७५० को अवरोधलाई सहजै पार गर्ने लगानीकर्ताको विश्वास छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।