डलरको मूल्यले बनायो नयाँ रेकर्ड, अन्य मुद्राको विनिमयदर कति?

Feb 04, 2025 06:23 AM Merolagani



माघ २२ गते, मंगलबार, अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको मूल्य १३९ रुपैयाँ ८० पैसा (बिक्रीदर) पुगेर नयाँ रेकर्ड बनाएको हो।

यस अघि माघ २ गते डलरको बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा पुगेर रेकर्ड कायम गरेको थियो। यस दिन सो रेकर्डलाई तोडेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो। यस दिन डलरको खरिददर भने १३९ रुपैयाँ २० पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले यस दिन युरोपियन युरो एकको खरिददर १४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रूपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रूपैयाँ २६ पैसा र बिक्रीदर १७२ रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रूपैयाँ ७७ पैसा र बिक्रीदर १५२ रूपैयाँ ४३ पैसा कायम गरेको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ७४ पैसा र बिक्रीदर १०२ रूपैयाँ १८ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ र बिक्रीदर नौ रूपैयाँ चार पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ १८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ नौ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९० पैसा र बिक्रीदर ३८ रूपैयाँ छ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ११ पैसा र बिक्रीदर ३१ रूपैयाँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३९ पैसा र बिक्रीदर १२ रूपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ १० पैसा र बिक्री दर १९ रूपैयाँ १८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८६ पैसा र बिक्रीदर १७ रूपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ४६ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७० रूपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर ३६१ रूयैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा निर्धारण गरेको छ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।