सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Feb 04, 2025 10:46 AM Merolagani



माघ २२ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतिताेला एक हजार ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । साेमबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतीतोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबारको बजारमा एक हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।