'सुरुमै ट्रेडर हुनु खतरनाक, उच्च होइन उचित प्रतिफलमा जोड दिनु'

Feb 04, 2025 06:31 PM Merolagani



मंगलबारको बजार करेक्सन भएर बन्द भएको छ । पछिल्लो दुई कारोबार दिन सकारात्मक रहेको बजार आज १४.०८ अंकले करेक्सन भएको हो ।

सूचक घट्बढ् भएता पनि कारोबार रकमले बजारलाई राम्रो साथ दिएको देखिन्छ । पछिल्ला कारोबार दिन बजारमा औसत ८ अर्ब बढीको शेयर खरिद बिक्री हुँदै आएको छ ।

आइतबारको बजार एकै दिन उच्च अंकको वृद्धि भएका कारण पछिल्ला दिन बजारले सोही अनुकुल निरन्तरता दिन नसकेको लगानीकर्ताको बुझाई छ ।

बजारको समग्र अवस्था सकारात्मक रहेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता र निकै सस्तो ब्याजदर छ । बजार एक चरणको उचाई लिएर करेक्सन पछिको लामो साईडवयजमा छ । बजारले यसै विन्दुबाट उठ्नको लागि प्रयास गरेको शेयर बजारका अध्यता अचुतकुमार ओझाले बताए । बजारमा लगानकर्ताले सुरुमै ट्रेडर हुन खोज्दा लाभबाट बचित हुनु परेकाे हाे । लगानीकर्ताले उच्च भन्दा उचित प्रतिफलाई जोड दिनुपर्ने ओझाको बुझाई छ ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।