लक्ष्मी लघुवित्तको नाफा सामान्य घट्यो

Feb 05, 2025 12:44 PM Merolagani



लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.२७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफा घटेपछि खुद नाफा पनि घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.२२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५९ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ६.९० प्रतिशत र सञ्चालन मुनाफा २१.६६ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ७८ पैसा घटेर ७ रुपैयाँ ९७ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४५.६१ गुणा रहेको छ।

४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड ९१ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले दोस्रो त्रैमासको अन्त्यसम्ममा ३ अर्ब ६३ करोड ९५ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब १६ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।