सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्यो

Feb 05, 2025 03:08 PM Merolagani



बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ४.४५ अंक घटेर २७११.४५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ९० हजार ७५२ पटकको कारोबारमा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँबराबरको १ करोड ९१ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन पावर पार्टनरको २७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिनर्जी पावर डेभलपमेन्टको २२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ। हाइड्रोपावर, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत घटेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।