चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा सामान्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.२२ प्रतिशत बढेर ४१ करोड ८९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ०.८५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १३.६७ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २७.३४ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९१ पैसा बढेर ११ रुपैयाँ ३७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६९.५३ गुणा रहेको छ।
३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ६५ करोड १३ लाख रुपैयाँ सञ्चित छ।
![](https://images.merolagani.com/Uploads/Repository/638748667673211231.png)