फागुन ५ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै बलेफी हाइड्रोपावर

Feb 11, 2025 12:51 PM Merolagani



बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले फागुन ५ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ।

कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता र सर्वसाधारण समूहको लकईनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र लकईनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता गरी कुल १७ लाख ९८ हजार ६५६ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले फागुन १९ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा १० अंकल भाग जाने संख्यामा वा नियामक निकायले तोकिएको प्रतिव्यक्ति सीमाको अधिनमा रहने गरी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआइएमबि एस क्यापिटल, लाजिम्पाट, काठमाडौँका साथै पोखरा, बुटवल, वीरगंज र विराटनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।