सामान्यतया, एप्पलले एन्ड्रोइडका लागि एपहरू लञ्च गर्दैन। कम्पनीले iOS र macOSमा मात्र ध्यान केन्द्रित गर्दछ। यसपटक, कम्पनीले एन्ड्रोइडका लागि एप्पल टिभी लन्च गरेर सबैलाई चकित पारेको छ।
एप्पलका अनुसार एप्पल टिभी एप अब विश्वभरका एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध छ। यस एपको सहयाेगले, एन्ड्रोइड प्लाटफर्ममा एप्पल टिभी+मा उपलब्ध विशेष सामग्री पनि हेर्न सकिनेछ। यद्यपि, यसको लागि तपाईंले एप्पल टिभीको सदस्यता लिनुपर्नेछ।

एन्ड्रोइडमा केवल ५ वटा एपहरू उपलब्ध
एन्ड्रोइडका लागि एप्पलको सेवाहरूको बारेमा कुरा गर्दा कम्पनीका केवल ५ वटा एपहरू छन् । यी एपहरू आईओएससँगै एन्ड्रोइडमा उपलब्ध छन्। कम्पनीको एप्पल म्युजिक, मुभ टु आईओएस, एप्पल टिभी, बिट्स र एप्पल म्युजिक क्लासिकल एपहरू एन्ड्रोइडमा उपलब्ध छन्। कम्पनीले एप्पल टिभी+को बारेमा धेरै उत्साहित रहेकाे र यसलाई एन्ड्रोइडमा सार्वजनिक गरेर ठूलो बजारमाझ पुग्न चाहेकाे जानकारी दिएकाे छ।
सदस्यता किन्नु पर्ने
एप्पलले कैयाैं हलिउड कलाकारहरूसँग साझेदारी गरेको छ। कम्पनीले मौलिकतामा पनि धेरै काम गरिरहेको छ। यो नि:शुल्क सेवा होइन तर याे एप नि:शुल्क डाउनलोड गर्न सकिन्छ। यसमा सामग्री हेर्नको लागि, तपाईंले प्रत्येक महिना शुल्क तिर्नुपर्नेछ।
यसले ५० जीबी क्लाउड, टिभी+ सदस्यता, संगीत र आर्केड प्रदान गर्दछ। हालै एप्पलले आफ्नो नक्साको वेब संस्करण पनि लन्च गरेको छ। यद्यपि, यो एन्ड्रोइडको लागि नभएर बिस्तारै कम्पनीले एन्ड्रोइडको लागि पनि केही एपहरू ल्याइरहेको छ।
एन्ड्रोइडमा एप्पल टिभी+ सुरु भएसँगै, यसले अब अन्य ओटीटी प्लाटफर्महरूसँग प्रतिस्पर्धा गर्न सक्छ किनकि एप्पल टिभी+मा धेरै ओरजिनिल सामग्रीहरू छन्। कम्पनीले सदस्यता शुल्कलाई पनि प्रतिस्पर्धी राखेको छ।
एजेन्सीकाे सहयाेगमा ।