यस साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेको थियो। यस साताको मंगलबार र बुधबार नेप्से बढेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ४.५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा १० अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ८५ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २४.४७ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या २६.८२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २३.८७ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.७३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३२ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ।

१३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.६९ प्रतिशत बढेको छ। गत साता २७२२.३९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ७३.२८ अंक बढेर २७९५.६७ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो। यस साता वित्त र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत घटेको छ। गत साता ७१६२.८९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १९१.४० अंक घटेर ६९७१.४९ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २५२.०८ अंक घटेको छ।

यस साता नेप्सेमा १३ करोड ५२ लाख १० हजार ४८९.१८ कित्ता शेयर सूचीकृत भएको छ। यस साता गरिमा समृद्धि योजनाको १२ करोड ५० लाख इकाई र सोल्टी होटल, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १५.३५ प्रतिशत बढेको छ। गत साता १ हजार ३८५ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार २०० रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे १३ प्रतिशत बढेको छ भने मातृभुमि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १३ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक १८.३८ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने रिभर फल्स पावर, नेशनल लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

